शेयरबजारको उकालो यात्रा रोकियो : बजार झण्डै ११ अंकले घट्यो

 माघ ४, २०७८ मंगलबार १५:५२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो समय लगातार बढिरहेको शेयरबजार आज भने घटेको छ । पुस १६ गतेदेखि बढ्न थालेको बजार झण्डै तीन सय अंक उकालो लागेपछि आज सामान्य घटेको हो ।

पुस १६ गतेयता बजार जम्मा दुई दिन मात्रै घटेको थियो । नेप्से आज १० दशमलव ७८ अंकले घटेर दुई हजार नौ सय ३६ दशमलव ६६ विन्दुमा झरेको छ । आज उत्पादन समूहको शेयर एक सय ८६ अंकले, विकास बैंकको एक सय ३०, माइक्रो फाइनान्स ८९, फाइनान्स समूह ६९, जीवन बीमा समूह एक सय ९८ र निर्जीवन बीमा समूहको शेयर एक सय ७८ अंकले घटेको छ । आज बैंकिङ समूहको शेयर भने २२ अंकले बढेको छ ।

आज एक करोड ६० लाख कित्ता शेयर आठ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएका छन्  । सबैभन्दा धेरै अपी पावर कम्पनीको २८ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै मानुषी लघुवित्त कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि साम्लिङ पावर कम्पनीको शेयर साढे नौ प्रतिशत र मध्ये भोटेकोशी जलविद्युत कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया