नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
बर्दिया - बर्दियाका उज्यालो सहकर्मी भावुक योगी सम्मानित हुनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा नगर उपशाखा बर्दियाको २६ औँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा याेगीलाई सम्मान गरिएकाे हाे ।
नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाका उपाध्यक्ष एवम् रेडियो टाइगरका प्रबन्धकसमेत रहनुभएका बर्दियाका उज्यालो सहकर्मी योगी सम्मान पत्रसहित सम्मानित हुनुभएको हो ।
ठाकुरबाबासहित जिल्लाभरका नागरिकलाई कोभिड-१९, आगलागी, शीतलहर, बाढी लगायतका प्रकोपका घटनाहरु प्रति सचेत रहनका लागि सञ्चारमाध्यम मार्फत जनचेतनामूलक समाचार सम्प्रेसणमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उच्च कदर स्वरुप पत्रकार योगीलाई सम्मान गरिएको नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखाका सभापति यज्ञ नेपालले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव कृष्ण पङ्गेनीले खादा ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।