जापानमा नेपाल फेस्टिवलको रौनक
मंसिर १५, २०८१ शनिबार
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा आफ्ना सेनालाई परिचालन गर्ने घोषणा गर्नुभएको छ ।
डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै पुटिनले ती क्षेत्रमा शान्ति स्थापनाका लागि सेनालाई परिचालन हुन समेत आदेश दिनुभएको छ । यो आदेशसँगै रुस र युक्रेनबीचको सङ्कट चुलिएको छ। रुसको कदमले शान्ति स्थापना गर्ने प्रयास र अन्तर्राष्ट्रिय वार्ताको विद्यमान प्रक्रिया उल्लङ्घन गरेको युक्रेनले जनाएको छ ।
आज बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी गणराज्यको कदमले आफ्नो देशको अखण्डता र सम्प्रभुताको उल्लङ्घन भएको टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ ।
यस्तै चीनले सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । संयुक्त राष्ट्र सङ्घका लागि चिनियाँ राजदूतले सुरक्षा परिषद्को बैठकमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको हो । रुसी राष्ट्रपतिको पछिल्लो घोषणाको अन्तर्राष्ट्रिय रूपमा निन्दा भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।