विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा सरसफाइ अभियान
मंसिर १५, २०८१ शनिबार
अफ्रिकी देश बुर्किना फासोको एउटा सुन खानीमा विष्फोट हुँदा ६० जनाको ज्यान गएको छ । बुर्किना फासोको दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा रहेको अस्थायी सुन खानीमा विष्फोट भएको बीबीसीले जनाएको छ ।
सुन खानी आसपासको बजारमा डाइनामाइट भण्डार गरेर राखिएको ठाउँमा आगलागी हुँदा जनधनको ठूलो क्षती भएको हो । घटनामा कयौँ घाइते भएका छन् । उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको खबरमा उल्लेख गरिएको छ । घटनाबारे छानबिन थालिएको र शंकास्पद एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुर्किना फासो अफ्रिकाको सबैभन्दा बढी सुन उत्पादन गर्ने देश हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।