एनपीएलकाे उद्घाटन खेलमा जनकपुरले टस जितेर बलिङ गर्दै
मंसिर १५, २०८१ शनिबार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल हिंसा अन्त्य गर्न आग्रह गर्नुभएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि भारतीय प्रधानमन्त्री मोदीले पुटिनलाई टेलिफोन गरेर हिंसा अन्त्य गर्न आग्रह गर्नुभएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।
भारतको प्रधानमन्त्री कार्यालयले निकालेको विज्ञप्तिमा सबै पक्षलाई मिलेर कुटनीतिक वार्ता एवम् छलफलको बाटोमा आउन अपिल गरेको उल्लेख छ । भारतले रुस र नेटोबीच भइरहेकाे मतभेदलाई इमानदारितापूर्वक छलफल गरेर मात्रै समाधान गर्न सकिने भन्दै आएको पनि मोदीको भनाइ छ । रुस–युक्रेन युद्धमा भारतले अहिलेसम्म कसैको पनि पक्ष लिएको छैन ।
यस्तै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रो र पुटिनबीच पनि टेलिफोनमा कुराकानी भएको छ । कुराकानीमा म्याक्रोले युक्रेनमा भइरहेको सैन्य कारबाही तत्काल अन्त्य गर्न आग्रह गर्नुभएको छ । सैन्य कारबाही भइरहेमा रुसविरुद्ध व्यापक प्रतिबन्ध लगाइनेसमेत म्याक्रोले बतानुभयो ।
यस्तै इरानका राष्ट्रपति इब्राहिम रइसीले पुटिनलाई फोन गरेर पूर्वतर्फ नेटो फौजको विस्तार हुँदा कैयौँ क्षेत्र र देशको सुरक्षा जोखिममा परेको बताउनुभएको छ ।
युक्रेनमाथि रुसी आक्रमणको दोस्रो दिन आज शुक्रवार पनि राजधानी किएभमा विस्फोटहरू भइरहेका छन् । अहिलेसम्म सेना र सर्वसाधारण गरी एक सय ३७ जना युक्रेनीले ज्यान गुमाएका विवरण प्राप्त भएको बीबीसीले जनाएको छ । युक्रेनको राजधानी किएभभरि खतरा जनाउने साइरन बजेको सुनिएको छ ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गर्दै युद्ध अन्त्य गर्न रुसले कुरा गर्नुपर्ने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।