नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ । हिजो एकै दिन १८ सय रुपैयाँले घटेको सुनको भाउ आज १२ सय रुपैयाँले घटेको हो ।
आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक लाख ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य घटेको र लगानीकर्ताले पनि भाउ बढेको मौकामा बिक्री गर्न थालेकाले भाउ घट्न थालेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
उहाँकाअनुसार अहिलेको बजार भाउलाई हेर्दा सुनको भाउ फेरि केही घट्ने देखिएको छ । गएको बुधबार सुनको भाउ अहिलेसम्म कै उच्च एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । त्यसयता सुनको भाउ बिस्तारै घट्न थालेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ३५ रुपैयाँले घटेको चाँदीको भाउ आज भने १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।