एमटियुले दक्षिण कोरिया सरकारलाई बुझायो आठ बुँदे मागपत्र

 जेठ २१, २०७५ सोमबार १५:१९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण कोरिया – कोरियन रोजगार तथा  श्रम मन्त्रालय र प्रवासी मजदुर विभागबिच श्रम शोषणको अन्त्य गर्ने विषयमा छलफल भएको छ । छलफलमा प्रवासी मजदुर संगठन एमटियुले मागपत्र पनि बुझाएको छ । एमटियुले कामदारको बिभिन्न समस्या समाधान गर्न  र डब्लुपिएस लागु गर्नु पर्ने प्रमुख मुुद्दाको रुपमा अघि सारेको संगठनका महासचिव मधुसूदन ओझाले जानकारी दिनुभयो ।

त्यस्तै, रोजगार अनुमति प्रणालीमा कम्पनी परिवर्तन गर्न कम्पनीको अनुमति चाहिने ,कम्पनीले अनुमति नदिए कम्पनी एक पटक पनि परिवर्तन गर्न नपाउने लगायतका माग रहेका छन् । 

त्यसैगरी कृषि क्षेत्रबाट उत्पादन क्षेत्रमा  जान नपाइने, परिवार ल्याउन नपाइने, कम्पनी परिवर्तन गरेमा फेरि कमिटेडमा आउन नपाउने जस्ता नियम खारेज गरि इपिएसको सट्टामा स्वच्छाले कम्पनी परिवर्तन गर्न पाउने डब्लुपीएस लागु गर्न माग गरिएको छ ।

त्यस्तै थेजिकुम कम्पनी छोडेको १४ दिन भित्र सम्बन्धित मजदुरलाई दिनु पर्ने नियम मजदुर कानुनमा  भएको तर प्रवासी मजदुरको हकमा थेजिकगुम पाउन कोरिया छोड्नु पर्ने  कानुन पनि  खारेज गर्नु पर्ने माग राखिएको छ ।
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया