इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनको बुचा सहरमा भएको आम हत्याका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध युद्ध अपराधिको रुपमा मुद्धा चलाउन आह्वान गर्नुभएको छ ।
तीन सय जना भन्दा धेरै निशस्त्र नागरिकलाई यातना दिएर हत्या गरेको भन्दै वाइडेनले यो क्रुरता र युद्ध अपराध भएको बताउनुभएको बीबीसीले जनाएको छ । बुचामा भएको आम हत्याको संसार भरबाट निन्दा भइरहेको छ । युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले बुचाको भ्रमणपछि अवस्था डरलाग्दो रहेको बताउनुभएको छ । सडकमा छरिएका र जथाभावी थुप्रिएको शवको दृष्य कारुणिक रहेको भन्दै जेलेन्स्कीले युद्ध अपराधमा संलग्न रुसी सैनिकको पहिचान गरी अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्धा हाल्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
एउटा भिडियो सन्देशमा जेलन्स्कीले रुसी क्रुरताको निन्दा गर्दै यो आफ्नै देशमा बाँच्न पाउने हक हननको चरम रुप भएको बताउनुभयो । बुचा घटनालाई लिएर आज आफूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्न लागेको पनि जेलन्स्कीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।