रुस-युक्रेन युद्धका कारण खाद्य अभाव : खाद्यान्न उपलब्ध गराउन भारत तयार

 वैशाख ६, २०७९ मंगलबार ११:३:१२ | एजेन्सी
unn.prixa.net

रुस-युक्रेन युद्धका कारण खाद्य समस्या बढ्दै गएको बेला भारतले बाँकी विश्वलाई खाद्यान्न उपलब्ध गराउन तयार रहेको बताएको छ ।

युद्धको प्रभावले विश्वभर खाद्यान्नको मूल्य बढिरहेको छ भने कतिपय बजारमा अभाव नै सुरु भएको छ । यही सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यदि विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले अनुमति दिएमा तत्कालै उपलब्ध गराउन सक्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री मोदीले भारतसँग एक अर्ब ४० करोड मानिसलाई पुग्ने पर्याप्त खाद्यान्न भण्डारणमा रहेको बताउनुभएको छ । रुस युक्रेन युद्ध सुरु भएपछि खाद्यान्नको मूल्य र अभाव १० वर्षयताकै उच्च भएको छ ।

रुस र युक्रेनले विश्वव्यापी गहुँ निर्यातको एक तिहाइ हिस्सा ओगटेका छन् । यस्तै, मकै र जौ निर्यातको १७ प्रतिशत हिस्सा रुस र युक्रेनले ओगटेका छन् । दुवै देश युद्धमा रहेकाले अहिले त्यहाँबाट निर्यात हुन नसक्दा विश्वभर अभाव बढ्दै गएको हो ।

धान र गहुँको दोस्रो ठूलो उत्पादक भारतसँग सात करोड ४० लाख टन धान र गहुँ स्टकमा रहेको बीबीसीले जनाएको छ । भारतसँग गहुँको पर्याप्त भण्डारण रहेकाले तत्काललाई अभाव टार्न सक्ने अपेक्षा गरेको संयुक्त राष्ट्र सङ्घ अन्तर्गत खाद्य र कृषि सङ्गठनले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया