जापानमा नेपाल फेस्टिवलको रौनक
मंसिर १५, २०८१ शनिबार
म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेर पाँच वर्ष जेल सजाय सुनाएको छ । सुकीले याङ्गुन सहरका पूर्व प्रमुखबाट नगद र सुनसहित गरी ६ लाख अमेरिकी डलर बराबरको घुस लिएको अदालतले पुष्टि गरेको हो ।
सुनुवाइका क्रममा मानव अधिकारकर्मी, सञ्चारमाध्यम लगायतलाई उपस्थित हुन रोक लगाइएको थियो । यस्तै नेत्री सुकीका वकिलहरूलाई पत्रकारहरूसँग बोल्न निषेध गरिएको बीबीसीले जनाएको छ ।
सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेर सुकीलाई नजरबन्दमा राखेपछि यो मुद्दामा सहित दोषी ठहर गरेर सुनाएको जेल सजायको अवधि ११ वर्ष पुगेको छ । नोबेल पुरस्कार विजेता ७६ वर्षीया सुकीलाई मतदाता ठगीलगायत आपराधिक अपराधको अभियोग लगाइएको छ । सुकीले सबै आरोपहरू अस्वीकार गर्नुभएको छ । गएकाे डिसेम्बरमा उहाँलाई कोभिडसम्बन्धी स्वास्थ्यका नियम तोडेको र जनवरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो ।
सुकीविरुद्ध अझै १० वटा मुद्दाकाे सुनुवाइ भइरहेको छ । ती सबै मुद्दामा अधिकतम १५ वर्षको सजायको माग गर्नुको साथै चुनावी धाँधली र आधिकारिक गोप्य ऐन उल्लङ्घनको समेत आरोप रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।