हङकङको नयाँ नेतामा पूर्व सुरक्षा प्रमुख जोन ली, चिनियाँ नियन्त्रण अझै कठोर हुने सम्भावना

 वैशाख २५, २०७९ आइतबार २०:४:४१ | एजेन्सी
unn.prixa.net

हङकङको नयाँ नेतामा पूर्व सुरक्षा प्रमुख जोन ली चयन हुनुभएको छ । आफूमात्र एकल उम्मेदवार रहेको एउटा बन्द चुनावी प्रक्रियामार्फत ली हङकङकाे नयाँ नेता चुनिनुभएको बीबीसीले जनाएको छ ।

लीको नियुक्तिलाई हङकङमा आफ्नो पकड बलियाे गर्ने चिनियाँ कदमका रूपमा हेरिएको छ । चीनका प्रखर समर्थक ली खासै लोकप्रिय नभएका बीबीसीले जनाएको छ । तर नागरिकसँग प्रत्यक्ष मताधिकार नरहेको हङकङमा त्यसको विशेष अर्थ हुँदैन ।

हङकङको नेता चयन गर्ने जिम्मेवारी एउटा १५ सय सदस्यीय समितिमा छ । जसमा सबैजसो चीनका समर्थकहरू छन् । लीले सन् २०१७ देखि हङकङको प्रमुख कार्यकारी रहेकी क्यारी लामलाई विस्थापित गर्नुहुनेछ ।

लीले यसअघि सन् २०१९ को लोकतन्त्र समर्थकहरूको प्रदर्शन नियन्त्रणको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले सन् २०२० मा एउटा विवादास्पद राष्ट्रिय सुरक्षा कानुन लागू गर्न समर्थन गर्नुभएको छ । जसले हङकङको स्वायत्ततालाई घटाएको छ ।

चीनका नीतिहरूप्रति बलियो समर्थनका कारण लीको नेतृत्वले अर्धस्वायत्त क्षेत्र हङकङमा अझ कठोर चिनियाँ नियन्त्रण सुरु गर्न सक्ने डर उत्पन्न भएको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया