इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
श्रीलङ्कामा प्रदर्शनकारीहरूले महिन्दा राजपाक्षे र उहाँलाई समर्थन गर्ने विभिन्न सांसदका घरमा आगो लगाइदिएका छन् । आर्थिक सङ्कट व्यवस्थापन गर्न सरकार असफल भएको भन्दै प्रदर्शन चर्किएपछि हिजो साेमवार महिन्दा राजपाक्षेले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो ।
प्रधानमन्त्रीको राजीनामापछि प्रदर्शन झनै चर्किएको छ । राजपाक्षे आफ्नो निवासभित्रै रहेका बेला प्रदर्शनकारीहरू निवासमा प्रवेश गर्ने प्रयास गरेका थिए । लगत्तै राजपाक्ष र उहाँको परिवारलाई सुरक्षाका लागि राजधानी कोलम्बोबाट झन्डै दुई सय ७० किलोमिटर टाढा रहेको नौसेनाको क्याम्पमा लगिएको छ । नौसेना क्याम्पबाहिर पनि विरोध प्रदर्शन भइरहेको भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ ।
श्रीलङ्कामा चर्किएको प्रदर्शनमा हिजोदेखि मात्रै सात जनाको ज्यान गएको र एक सय ९० जना घाइते भएका बीबीसीले जनाएको छ । प्रदर्शन उग्र बनेपछि देशभरि कर्फ्यु आदेश जारी भएको छ । प्रदर्शनकारीहरूले प्रधानान्त्रीका दाजु तथा राष्ट्रपति गोटाबय राजपाक्षेको पनि राजीनामा मागिरहेका छन् ।
श्रीलङ्काले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएयता सबैभन्दा खराब आर्थिक सङ्कट बेहोरिरहेको छ । महँगी बढ्दा जीवनयापन गर्न लाग्ने खर्च धान्नै नसकिने भएपछि प्रदर्शन चर्किएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।