पालिका चुनाव लाेकतन्त्रकाे सबैभन्दा ठूलाे उत्सव : भण्डारी, ढुक्कसँग मतदान गर्नुस् : देउवा

 वैशाख २९, २०७९ बिहीबार २०:२६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले पालिकाको चुनाव लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान पनि गर्नुभएको छ ।

भोलि शुक्रवार हुन गइरहेको पालिका चुनावका सम्बन्धमा राष्ट्रपतिले आज एक भिडियो सन्देशमार्फत स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि हुने चुनावमा ढुक्कसँग मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्ण देशवासीमा अपिल गर्नुभएको  छ ।

चुनाव लोकतन्त्रको आधारस्तम्भ हो भन्दै देउवाले सन्देशमार्फत चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्था चुस्त बनाएको बताउनुभयो । 

भाेलि देशभर एकै चरणमा पालिका चुनाव हुँदैछ । निर्वाचन आयाेगले चुनावका लागि सबै तयारी पूरा भएकाे जनाएकाे छ । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया