इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
भारतको दिल्ली सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५/०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले जैन र उनको परिवारविरुद्ध २०१७ को अगस्टमा १ अर्ब ६२ करोड भारतीय रुपैयाँ सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो । जैन पक्राउ परेकोमा आम आदमी पार्टीले विरोध गरेको छ । जैन हिमाञ्चल प्रदेशका आम आदमी पार्टीका इञ्चार्ज समेत रहेका छन् । आम आदमीले भ्रष्टाचार र अनियमितता विरुद्ध आवाज उठाउँदै आएको छ ।
केही दिन अघि पञ्जाब सरकारका स्वास्थ्यमन्त्री पनि ठेकेदारसँग घुस मागेको आरोपमा पक्राउ परेका थिए । घुस मागेको आरोपमा बर्खास्तीमा परेका पञ्जाबका स्वास्थ्य मन्त्री विजय सिंगला गएको १० गते पक्राउ परेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।