अष्ट्रेलियामा मन्त्रिपरिषद् विस्तार : पहिलो पटक मुस्लिम समुदायको समेत प्रतिनिधित्व

 जेठ १८, २०७९ बुधबार ६:४५:५४ | एजेन्सी
unn.prixa.net

अष्ट्रेलियामा नयाँ मन्त्रिपरिषद् विस्तार भएको छ । नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले नयाँ मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

लेबर पार्टीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा ३० जना मन्त्री भएका छन् । तीमध्ये १३ जना महिला रहेका छन् । आदिवासी समुदायबाट लिन्दा बर्नी पहिलो मन्त्री बन्नुभएको छ ।

त्यस्तै अष्ट्रेलियाको इतिहासमा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ ।

एद हसिक र अन्ना अलीले मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषदमा सहभागी हुने ऐतिहासिक अवसर पाउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । लेबर पार्टीले एक्लै बहुमत ल्याएपछि प्रधानमन्त्री एन्थोनीले एकल मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।

लेबर पार्टी यसअघि नौ वर्ष प्रतिपक्षमा रहेको थियो ।   

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया