इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
संयुक्त राष्ट्र सङ्घले टर्की गणराज्यको नाम परिवर्तन गर्ने अनुरोध स्वीकार गरेको छ । संयुक्त राष्ट्रमा अब टर्कीको नाम टर्किये राखिएको छ ।
संयुक्त राष्ट्रका प्रवक्ता स्टिफन दुजारिकले टर्कीका विदेशमन्त्री मेवतुल कावुसोग्लूले संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसलाई एक पत्र लेख्दै टर्कीको नाम टर्किये परिवर्तन गर्न अनुरोध गरेको बताउनुभयाे । पत्र प्राप्त हुनेबित्तिकै नाम फेरिएको प्रवक्ता दुजारिककाे भनाइ छ ।
गएको मङ्गलवार टर्कीका विदेशमन्त्रीले संयुक्त राष्ट्र र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई पत्र लेख्ने जानकारी दिनुभएको थियो ।
टर्कीका राष्ट्रपति रेचप तैयप एर्दाेआनले गएको डिसेम्बरमा आफ्ना देशका नागरिकलाई अन्तर्राष्ट्रियस्तरमा हरेक भाषामा टर्किये नाम प्रयोग गर्न भन्नुभएको थियो । त्यसबेला एर्दाेआनले टर्कियेलाई सबै देशले मान्दछ भन्नुभएकाे थियाे । उहाँले टर्कीयेले टर्कीका नागरिककाे संस्कृति, सभ्यता र मान्यतालाई राम्राेसँग प्रतिनिधित्व गर्ने बताउनुभएकाे थयाे ।
यसका साथै एर्दाेआनले आफ्नो देशका कम्पनीबाट निर्यात हुने वस्तुमा पनि 'मेड इन टर्किये' लेख्न भन्नुभएको थियो ।
तस्बिर : सामाजिक सञ्जाल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।