साउदी अरबलाई पछि पार्दै रुस चीनमा सबैभन्दा धेरै तेल निर्यात गर्न सफल

 असार ६, २०७९ सोमबार १८:२३:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : बिजनेस स्टान्डर्ड

रुस चीनलाई सबैभन्दा बढी तेल बेच्ने देश बनेको छ । यसअघि चीनले सबैभन्दा धेरै तेल साउदी अरबबाट आयात गर्दै आएकोमा अहिले रुसबाट धेरै तेल ल्याउन थालेको बीबीसीले जनाएको छ ।

पछिल्लो समय चीनले आयात गर्ने तेलमध्ये रुसबाट आउने तेलको हिस्सा ५५ प्रतिशत पुगेको छ । अमेरिकासहित पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाएपछि चीनले रुसी तेलको आयात बढाएको हो । रुसले चीनलाई तेलमा धेरै छुट दिएको पनि बीबीसीले जनाएको छ ।

रुस र चीन उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को विस्तारविरुद्ध एकजुट भएका छन् । यही कारण चीनले रुसी तेलको आयात बढाइरहेको छ । रुसी अर्थतन्त्रको ठूलो हिस्सा तेल निर्यात हो ।

चीनमा रुसबाट इस्ट साइबेरिया प्यासिफिक ओसन पाइपलाइन र समुद्री मार्ग हुँदै तेल आयात हुन्छ । पश्चिमा देशहरूले रुसी तेलमा प्रतिबन्ध लगाउँदा रुसी अर्थतन्त्र कमजोर हुने बताए पनि यसको असर विश्व बजारमै परेको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया