इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
रुसले युक्रेनको राजधानी किएभमा आक्रमण गरेको छ ।
युक्रेनमाथि रुसी आक्रमण विरुद्ध ऐक्यबद्धता जनाउन जी ७ को नेताहरु जर्मनीमा छलफलमा जुटिरहेका बेला रुसले युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमण गरेको हो ।
आक्रमणमा परेर किएभको पश्चिममा रहेको सर्नी सहरमा तीन जनाको ज्यान गएको र केही भग्नावशेषमा पुरिएका बीबीसीले जनाएको छ ।
किएभका अधिकारीहरुका अनुसार केही मिसाइल बेलारुसबाट प्रहार गरिएको थियो । बेलारुसले रुस–युक्रेन युद्धमा रुसलाई सहयोग गर्दै आएको छ । पश्चिमा राष्ट्रलाई तर्साउने उद्देश्यले रुसले किएभमा आक्रमण गरेको हुन सक्ने विश्लेषण गरिएको छ ।
रुसले किएभको आवासीय क्षेत्रमा नभइ क्षेप्यास्त्र कारखानामा आक्रमण गरेको पनि जनाएको छ । किएभमा रुसको आक्रमणपछि जी ७ का सदस्य राष्ट्रका नेताहरुले रुसमाथि प्रतिबन्ध कडा पार्दै रुसी बहुमूल्य रत्न एवम् धातुको आयात रोक्ने घोषणा गरेका छन् । उनीहरुले रुसमाथि थप कडा प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।