प्रदूषण नियन्त्रणका लागि दिल्लीले नदीकाे पानी प्रशाेधन गर्दै

 असार १९, २०७९ आइतबार ७:२१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको दिल्लीमा जल तथा वायु प्रदूषण नियन्त्रणका लागि विभिन्न विकल्प खोज्न थालिएको छ । सरकारले विद्युतीय गाडीको प्रयोग तथा प्रदूषित पानी बग्ने नदीहरूमा पानी प्रशोधनजस्ता विकल्पको प्रयोग गरिरहेको छ ।

वायु प्रदूषणका कारण त्यहाँ जनजीवन प्रभावित बन्दै आएको छ भने फोहर व्यवस्थापनको चुनौती पनि बढेको छ । सहरबाट निस्केको फोहोरको चाङले वायुको गुणस्तरीयता, भूमिगत पानी र माटोको प्रदूषण थप बढाएको छ । दिल्लीका वातावरण मन्त्री गोपाल राईले प्रदूषण नियन्त्रणका लागि यो बर्षको जुलाई र अगस्टसम्म ३५ लाख औषधिजन्य बोटबिरूवा रोपिने समेत बताउनुभएको छ ।

दिल्लीमा शहरी खेतीलाई समेत प्रोत्साहन गर्ने योजना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया