इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
डेनमार्कको एक सपिङ मलमा गोलाबारी भएको छ । बन्दुकधारीले चलाएको गोली लागेर तीन जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ । दक्षिण कोपनहेगनमा रहेको फिल्ड्स मलमा गोलाबारी भएको हो ।
घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले २२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । घटना पछि प्रधानमन्त्री मेट फ्रेड्रिकसेनले डेनमार्कले क्रुर आक्रमण भोगेको बताएका बीबीसीले जनाएको छ ।
फिल्ड्स मलमा १ सय ४० भन्दा धेरै पसल र रेस्टुरेन्ट छन् । यो मल कोपनहेगनको बाहिरी भागमा छ र यो सहरको केन्द्रसँग जोडिने सबवे लाइन नजिकै रहेको खबरमा उल्लेख छ । डेनमार्कमा पछिल्लो पटक सन् २०१५ मा आक्रमण भएको थियो ।
कोपेनहेगनको एउटा सांस्कृतिक केन्द्र तथा सभा घरमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।