युक्रेनी युद्धबन्दीमाथिको आक्रमण छानबिन गर्न रुसद्वारा राष्ट्र सङ्घलाई आमन्त्रण

 साउन १५, २०७९ आइतबार १८:२२:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसको कब्जामा रहेको क्षेत्रमा आक्रमणमा परि ५० जनाभन्दा बढी युक्रेनी युद्धबन्दीको ज्यान गएको घटनाको अनुसन्धान गर्न रुसले संयुक्त राष्ट्र सङ्घ र रेडक्रसका विशेषज्ञहरूलाई आमन्त्रण गरेको छ ।

युक्रेनी सेनाको डोनबास क्षेत्रको ओलेनिभक नजिक रहेको सोधपुछ तथा हिरासत केन्द्रमा रकेट प्रणालीबाट शुक्रवार बिहान भएको आक्रमणमा परि ५३ जना युक्रेनी युद्धबन्दीको ज्यान गएको थियो । आक्रमणमा एक सय ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

यो आक्रमणलाई लिएर रुस र युक्रेनले एक अर्कालाई दोष लगाइरहेको बेला रुसले अनुसन्धानका लागि संयुक्त राष्ट्र सङ्घ र रेडक्रसका विशेषज्ञहरूलाई आमन्त्रण गरेको एएनआईले जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर आक्रमणको वस्तुनिष्ठ अनुसन्धान गर्न रुसले औपचारिक रूपमा संयुक्त राष्ट्र सङ्घ र रेडक्रसका अन्तर्राष्ट्रिय समितिका विशेषज्ञलाई आमन्त्रण गरेको जनाएको छ । रुसले गएको फेब्रुअरी २४ तारिखदेखि युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको हो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया