आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
रुस र युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको पानी जहाजले युक्रेनी बन्दरगाह छाडेको छ । गएको फेब्रुअरीदेखि रुसले युक्रेनी बन्दरगाहमा अवरोध गरेका कारण युक्रेनबाट अन्न निर्यात पनि रोकिएको थियो ।
दुई देशबीच भएको सम्झौतापछि अन्न बोकेको पहिलो जहाजले आज साेमवार युक्रेनी बन्दरगाह छाडेको बीबीसीले जनाएको छ । २६ हजार टन मकै बोकेको जहाज भोलि मङ्गलवार टर्कीको जलक्षेत्रमा पुग्ने बताइएको छ । टर्कीले आउँदा हप्ताहरूमा थप ढुवानीका योजना रहेको पनि बताएको छ । अन्न ढुवानी सुरु गर्ने सम्झौताले विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्ने र अन्नको मूल्य घटाउने आशा गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जहाजको प्रस्थानलाई स्वागत गर्दै सम्झौता कार्यान्वयनमा काम गर्न टर्कीको भूमिकाको प्रशंसा गर्नुभएको छ । यस्तै युक्रेनका पूर्वाधार मन्त्री अलेक्ज्यान्डर कुब्राकोभले फेसबुक पेजमा स्टाटस लेख्दै युक्रेनले साझेदारहरूसँग मिलेर विश्व भोकमरी रोक्न थप कदम चाल्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्र सङ्घ र टर्कीको मध्यस्थतामा दुई देशबीच अन्न बोकेका जहाज चलाउने सहमति भएको हो । यो सहमति एक सय २० दिनका लागि गरिएको छ । युक्रेनबाट अन्न निर्यात हुन रोकिँदा गहुँबाट उत्पादन हुने खाद्यन्नसँगै खाने तेल र रासायनिक मलको भाउ र अभाव विश्वव्यापी रूपमा बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।