बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्...
मंसिर १५, २०८१ शनिबार
चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेमा त्यो आगोसँग खेलेसरह हुने चेतावनी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
चीनले यसअघि पनि पटक–पटक पेलोसीले ताइवानको भ्रमण गरेमा कडा जवाफ दिने र यसको जिम्मेवार अमेरिका नै हुने चेतावनी दिइसकेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले चीनले न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई सैन्य उक्साहटका साथ जवाफ दिन सक्ने बताएका बीबीसीले जनाएको छ । चीनले ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गर्ने वा ठूलो मात्रामा हवाई वा नौसेना गतिविधिहरू समावेश हुन सक्ने किर्वीले बताउनुभएको छ ।
अमेरिकी प्रतिनिधि सभाकी सभामुख पेलोसी एसिया भ्रमणमा हुनुहुन्छ । सिङ्गापुर भ्रमणबाट मलेसिया पुग्नुभएकी पेलोसी आज राति सुटुक्क ताइवान जान सक्ने खबर ताइवानी सञ्चारमाध्यमले दिएका छन् । तर अमेरिकी सरकारले पेलोसीको ताइवान भ्रमणको पुष्टि गरेको छैन । ताइवानलाई चीनले आफ्नो भूमि दाबी गर्दै आएको छ । चीनका संयुक्त राष्ट्र सङ्घका दूत झाङ जुनले यो भ्रमणले बेइजिङ र वाशिङ्टनबीचको सम्बन्धलाई कमजोर बनाउने चेतावनी दिनुभएको छ ।
पेलोसीले लामो समयदेखि चिनियाँ नेतृत्वको आलोचना गर्दै आउनुभएको छ । चीनले मानव अधिकारको उल्लङ्घन गरेको र बेला–बेला नरसंहार मच्याउँदै आएको अभिव्यक्तिका कारण सभामुख पेलोसीलाई चीनमा निकै खराब नजरले हेर्ने गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।