बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्...
मंसिर १५, २०८१ शनिबार
चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेका चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणप्रति विरोध व्यक्त गरेको छ ।
चीनले राजदूतमार्फत आधिकारिक रूपमा विरोध व्यक्त गरेको हो । चिनियाँ उपविदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको र चीन मौन नबस्ने भन्दै गम्भीर परिणामको चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । चीनले पलोसीको भ्रमणविरुद्ध यसअघि पनि बारम्बार चेतावनी दिँदै आएको छ ।
यसैबीच ताइवान भ्रमणमा रहेकी पलोसीले ताइवानका राष्ट्रपति साइ यिङ वूनसँग पनि भेटवार्ता गर्नुभएको छ । उहाँले ताइवानसँग यसअघि जनाएको प्रतिबद्धताबाट अमेरिका पछि हट्न नहुने भन्दै अमेरिका साथमा रहने बताउनुभएको छ । भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा उहाँले यसअघि अमेरिकाबाट पुरुष सांसदहरू आउँदा चीनले केही नबोलेको तर आफू आउँदा ठूलो विवाद गरेको गुनासो पनि गर्नुभएको बीबीसीले जनाएको छ ।
गए राति ताइवान पुग्नुभएकी पलोसी आज ताइवानको संसदमा पनि जानुभएको छ । पलोसी ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्न सक्ने भन्दै ताइवानले सतर्कता बढाएको छ । चीनको आलोचक रहँदै आएकी पलोसीको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको भ्रमण हो । पलोसीको भ्रमणलाई ह्वाइट हाउसले भने समर्थन गरेको छैन ।
स्वशासित टापु ताइवानमाथि चीनले दाबी गर्दै आएको छ । हिजो चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्धक विमानहरू उडाएको थियो । अमेरिकाले पनि ताइवानको सीमा क्षेत्रमा युद्धपोत परिचालन गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।