इजरायलले गाजामा गरेको हवाई आक्रमणमा शीर्ष प्यालेस्टिनी लडाकुसहित १० जना मारिए

 साउन २१, २०७९ शनिबार १३:३०:५३ | एजेन्सी
unn.prixa.net

इजरायलले प्यालेस्टाइनको गाजामा हवाई आक्रमण गरेको छ । गाजा स्ट्रीपमा भएको आक्रमणमा प्यालेस्टिनी लडाकु समूहका शीर्ष कमान्डरसहित १० जना जना मारिएका छन् ।

ज्यान गुमाउनेमा एक युवतीसमेत रहेकी छन् । केही घाइते भएका छन् ।

इजरायलका प्रधानमन्त्री याइर लापिङले प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बाट जोखिम देखिएपछि यो कारबाही गरेको बताउनुभएको बीबीसीले जनाएको छ । यसअघि पीआईजेका एक जना सदस्य पक्राउ परेका थिए ।

पीआईजेले इजरायलमा सयभन्दा धेरै रकेटहरु प्रहार गरेको थियो । साथै हवाई आक्रमणको जवाफ दिने प्यालेस्टाइनी विद्रोहीले चेतावनी दिएको छ ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया