भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा
मंसिर १५, २०८१ शनिबार
फ्रान्सको गिरोन्डे क्षेत्रमा लागेको आगो नियन्त्रणबाहिर गएको छ । लगातार तीन दिनदेखि एक हजार जनाभन्दा धेरै अग्नि नियन्त्रकले पानी बोक्ने विमानसहितको सहायतामा आगो निभाउन प्रयास गरे पनि अवस्था नियन्त्रणबाहिर गएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
वाइन उत्पादनको केन्द्र मानिएको गिरोन्डेको बोर्डो नजिकै यो हप्ताको सुरुदेखि भीषण आगलागी भइरहेको छ । यो आगलागी फ्रान्समा अहिलेसम्म भएको ठूला आगलागीमध्येको एक भएको समाचारमा उल्लेख छ । आगलागीका कारण हजारौँ नागरिक घर छाडेर भागेका छन्, दर्जनौँ सार्वजनिक संरचना ध्वस्त भएका छन् भने ६ हजार आठ सय हेक्टरभन्दा धेरै जङ्गल क्षेत्र खरानी बनेको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले थप पाँच युरोपेली सहयोगीहरूले आगो निभाउने अग्नि नियन्त्रकहरूलाई मद्दत गर्ने वाचा गरेको बताउनुभएको छ । फ्रान्सेली अग्नि नियन्त्रण निकाय एफएनएसपीएफका अधिकारी ग्रेगरी एलियोनले गिरोन्डेको आगलागी आफ्नो जीवनकै सबैभन्दा भयानक रहेको बताएका छन् । गिरोन्डेको आगलागीले फ्रान्ससहित केही युरोपेली क्षेत्रको तापक्रम बढेको छ । आज तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने चेतावनी जारी भएको छ ।
गएको जुलाईमा पनि गिरोन्डेमा लागेको आगोले २० हजार हेक्टर क्षेत्रफल ध्वस्त भएको थियो भने ४० हजार मानिस विस्थापित भएका थिए । यो वर्षमात्रै फ्रान्समा ५७ हजार दुई सय हेक्टर क्षेत्रमा आगलागी भएको छ । यो सन् २००६ देखि २०२१ सम्म लागेको आगोले पुर्याएकाे क्षतिभन्दा पनि धेरै हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।