इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
अमेरिकाको न्युयोर्कमा भएको आक्रमणबाट गम्भीर घाइते भएका लेखक सलमान रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उहाँको स्वास्थ्यमा केही सुधार देखिएको र भेन्टिलेटरबाट बाहिर निकालिएको रुस्दीका सहयोगी एन्ड्रयु वाइलीले पुष्टि गर्नुभएको छ । उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ । तर अरु थप विवरण दिइएको छैन ।
७५ वर्षका रुस्दीमाथि न्युयोर्कमा भइरहेको एक साहित्यिक कार्यक्रममा शुक्रवार छुरा प्रहार भएको थियो । ज्यान मार्ने प्रयास गरेको अभियोगमा २४ वर्षका हाडी मतारलाई अदालतमा उपस्थित गराइएको थियो । तर उनले हत्या प्रयासमा आफू दोषी नरहेको बताएका छन् । उनलाई जमानत विना थुनामा राखिएको छ ।
रुस्दीले आफ्नो उपन्यास ‘द सटानिक भर्सेस’का कारण वर्षौँदेखि ज्यान मार्ने धम्कीको सामना गर्नुपरेको छ । यस आक्रमणलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमणको रूपमा व्यापक रूपमा निन्दा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।