चीनमा सुक्खा र गर्मीले जनजीवन प्रभावित, कृत्रिम बादलबाट वर्षा गराउने प्रयास

 भदौ २, २०७९ बिहीबार १२:१८:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनमा सुक्खा र गर्मीले जनजीवन प्रभावित भएको छ । ठूलो खडेरी र हावामा तातो लहरका बीच मध्य र दक्षिणपश्चिम चीनका केही भागमा पानी पार्न प्रयास गरिएको छ ।

जलाधार क्षेत्रमा खडेरी पर्दा महत्त्वपूर्ण नदी याङ्त्जे सुकेको छ । याङ्त्जे नदीमा पानीको बहाव बढाउन प्रयास थालिएको हो । त्यहाँ कृत्रिम बादलबाट पानी पार्ने गरी काम भइरहेको चिनियाँ अधिकारीले जनाएका छन्।

मध्य चीनको हुवेई प्रान्तले पानी पार्नकै लागि कृत्रिम अर्थात ‘सिल्भर आयोडिन रड’ हरू प्रयोग गरेर बादल उत्पन्न गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । हुवेई प्रान्तका झण्डै ४२ लाख नागरिक दुई महिनादेखि खडेरीबाट प्रभावित भएका छन् ।

नेशनल क्लाइमेट सेन्टरले दुई महिना लामो तातो लहर रेकर्ड गरेको छ । चीनको जलस्रोत मन्त्रालयले याङ्त्जे नदीको जलाधार क्षेत्रमा परेको खडेरीले गाउँका नागरिक र पशु चौपायालाई पानी तथा बालीमा आवश्यक सिँचाइमा प्रतिकूल असर पारेको जनाएको छ ।

त्यहाँका १ लाख ५० हजारभन्दा धेरै मानिसले खानेपानीको पहुँचमा कठिनाइ भोग्नुपरेको छ भने चार लाख हेक्टरको बाली सुक्खा भएकै कारण नष्ट भएको तथ्याङ्कमा उल्लेख छ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया