नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
पाकिस्तानले बाढी/पहिरोको विपत्तिबाट उत्पन्न समस्या सामना गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि आह्वान गरेको छ ।
प्रधानमन्त्री सरिफ सेहबाजले ट्विट गरी निरन्तरको वर्षाले देशभर विनाश निम्त्याएको र राहत तथा उद्धार कार्यमा समेत कठिनाइ भएको बताउनुभएको छ । यसअघि बिहीवार प्रधानमन्त्री सरिफले राजधानी इस्लामाबादमा विभिन्न देशका राजदूत तथा कुटनीतिज्ञसँग भेटेर आफ्नो देशको पछिल्लो विपद् अवस्थाबारे जानकारी समेत गराउनुभएको थियो । साथै सरकारले राष्ट्रिय सङ्कट नै घोषणा गरेको छ । गर्मीको मौसम सुरु भएदेखि नै पाकिस्तानमा वर्षा र बाढीले क्षति पुर्याएको छ ।
पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन सुरु भएपछि अहिलेसम्म बाढी/पहिरोका घटनामा परि ९ सय ३७ जनाले ज्यान गुमाएका छन् । हजारौँ मानिस घाइते तथा विस्थापित भएका छन्। झन्डै ४ लाख घरमा क्षति पुगेको छ ।
घरबारविहीन भएकामध्ये कतिपय अझै पनि अस्थायी शिविरमै छन् । उनीहरुलाई तत्काल सुरक्षित घरको व्यवस्था गर्नुपर्ने चुनौती रहेको संयुक्त राष्ट्र सङ्घको विपद् राहत निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।