बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्...
मंसिर १५, २०८१ शनिबार
शिया धर्मगुरुले राजनीति छोड्ने घोषणा गरेपछि इराकमा भैरहेको प्रदर्शन हिंसात्मक बनेपछि अन्तर्राष्ट्रिय निकायले चासो र चिन्ता व्यक्त गरेका छन् ।
धर्मगुरु मुक्तादा अल–सद्रका समर्थक र सुरक्षाकर्मीबीच भएको झडपप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्र संघ तथा युरोपेली संघ (ईयू)ले सबै पक्षलाई संयमित हुन आग्रह गरेका छन् । ईयूले विज्ञप्ति निकालेर सबै पक्षहरूलाई थप हिंसाका घटना हुनबाट रोक्न संयमता अपनाउन आग्रह गरेको अल जजीराले जनाएको छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले पनि सबै सम्बन्धित पक्षहरूलाई द्वन्द्वात्मक परिस्थिति कम गर्न र कुनै पनि हिंसा हुन नदिन तत्काल कदम चाल्न आग्रह गर्नुभएको छ ।
घटनापछि टर्कीले आफ्ना नागरिकलाई बग्दादको यात्रा नगर्न आग्रह गरेको छ । साथै त्यहाँको सङ्कट समाधान गर्न ‘समावेशी वार्ता’ को लागि आह्वान गरेको छ । इराकमा भएको झडपमा कम्तीमा ३० जनाको ज्यान गएको छ । सरकारी भवनबाहिर तोडफोडसहित भएको हिंसात्मक प्रदर्शनमा केहि घाइते भएका छन् । धर्मगुरु सद्रले एक टेलिभिजन सम्बोधनमार्फत आन्दोलनकारीलाई घर फर्कन आदेश दिएपछि अहिले बग्दादको अवस्था केही शान्त भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।