लिज ट्रस बेलायतका नयाँ प्रधानमन्त्री, महारानी एलिजाबेथले औपचारिक रुपमा नियुक्त गर्नुहुने

 भदौ २१, २०७९ मंगलबार ११:४०:४६ | एजेन्सी
unn.prixa.net

बेलायतमा नयाँ प्रधानमन्त्रीका रुपमा आज लिज ट्रस नियुक्त हुनुहुने भएको छ । ४७ वर्षीया नेतृ ट्रसलाई बेलायती महारानी एलिजाबेथ द्वितीयाले औपचारिक रुपमा प्रधानमन्त्री नियुक्त गर्न लाग्नुभएको हो । उहाँले दुई महिनाअघि नै राजीनामा गरेका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रतिस्थापन गर्नुहुनेछ ।

सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम चरणमा ऋषि सुनाकलाई ठूलो मतान्तरले पराजित गरी ट्रस विजयी हुनुभएको हो ।

बेलायतको ५६औँ प्रधानमन्त्री बन्न लागेकी ट्रस त्यहाँको तेस्रो महिला प्रधानमन्त्री समेत बन्नुहुनेछ । यसअघि मार्गरेट थ्याचर र टेरिसा मे प्रधानमन्त्री बन्नुभएको थियो । ट्रसले कर कटौती गर्ने आफ्नो प्रतिबद्धता लागू गर्ने र बेलायतलाई मन्दीमा जानबाट रोक्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

बोरिस जोनसन नेतृत्वको सरकारमा उहाँ परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । यस्तै टेरिसा मे र डेभिड क्यामरनको सरकारमा पनि मन्त्रीका रुपमा काम गरिसक्नुभएको थियो । बोरिस जोनसन कोभिड नियम उल्लङ्घनलगायत विभिन्न विवादमा तानिएपछि  राजीनामा दिन बाध्य हुनुभएको थियो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया