यस वर्षकाे भाैतिकशास्त्रतर्फकाे नाेबेल पुरस्कार ३ जना वैज्ञानिकलाई

 असोज १८, २०७९ मंगलबार १५:५१:५० | एजेन्सी
unn.prixa.net

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ ।

नोबेल पुरस्कार छनोट समितिले एलेन एस्पेक्स, जोन एफ क्लाउजर र एन्टोन जेलिङ्गरलाई यो वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । 

एलेन एस्पेक्ट फ्रान्सका भौतिक वैज्ञानिक हुन् । यस्तै जाेन एफ क्लाउजर अमेरिका र एन्टाेन जेलिङ्गर अस्ट्रियाका वैज्ञानिक हुन् । यी वैज्ञानिकले क्वान्टम मेकानिक्सबारे अनुसन्धान गरेका थिए । क्वान्टम मेकानिक्स सबैभन्दा सानाे मात्रामा प्रकृतिकाे वर्णन गर्ने विज्ञान हाे ।  

यो पुरस्कारको राशी एक करोड स्वीडिश क्रोनर अर्थात् नौ लाख १५ हजार अमेरिकी डलरभन्दा धेरै छ । यस वर्षको पुरस्कार विजेताहरूले जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर नवीन खोजहरू सञ्चालन गरेका समितिले जनाएको छ । उनीहरूको खोजले दुई उप–पारमाणविक कण छुट्टिए पनि तीनले एउटै एकाइको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ । क्वान्टम सूचना विज्ञान एउटा जीवन्त र द्रुतरूपमा विकास भइरहेको क्षेत्र रहेको भौतिक विज्ञानको नोबेल समितिले जनाएको छ ।

गएकाे वर्ष याे पुरस्कार तीन वैज्ञानिकहरू– स्युकुराे मानेबे, क्लास हासेलम्यान र जियाेर्जियाे पेरिसीलाई प्रदान गरिएकाे थियाे ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया