एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा चलिरहेकाे नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (मङ्गलवार) महिला भलिबलतर्फ सेमिफाइनलका खेल सकिएका छन् ।
आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले बाग्मती प्रदेशलाई १ का विरुद्ध ३ सेटमा हराउँदै विजयी भएको छ । पहिलो सेट बाग्मती प्रदेशले एपीएफलाई २५–२३ ले पराजित गरेकाेमा त्यसपछि लगातार तीन सेटमा एपीएफले बाग्मतीलाई २५–२३, २५–२२ र २५–१६ ले पराजित गरी फाइनल प्रवेश गरेको हो ।
यसैगरी दोस्रो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१०, २५–१८ र २५–११ को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको जिल्ला भलिबल सङ्घ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।
भोलि (बुधवार) नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच फाइनल खेल हुने छ भने तृतीय स्थानका लागि गण्डकी र बाग्मती प्रदेश खेल्ने भएका छन् ।
यसैबीच तेक्वान्दो प्रतियोगितातर्फ पनि खेल चलिरहेकाे आयोजकले जनाएको छ । बेनीको कालीपुलको बहुउद्देश्यीय कभर्ड हलमा तेक्वान्दो र खुलामञ्चमा महिला भलिबल भइरहेको छ ।
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सात वटा प्रदेश र विभागीय टिम गरी १० वटा टिमको सहभागिता रहेको छ भने तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, विभागीय र एनआरएनएसहित ११ वटा टिमले सहभागिता जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।