यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
साेलुखुम्बु - सोलुखुम्बुको फाप्लु विमानस्थलमा अवतरण गर्ने क्रममा नेपाल एअरलाइन्सको जहाजमा समस्या आएकाे छ । आज बिहान अल्फा ब्राबो युनिफम (9N-ABU) कल साइन भएको जहाजमा प्राविधिक समस्या आएपछि करिब २५ मिनेट होल्ड गरिएकाे विमानस्थलले जनाएकाे हाे ।
अवतरण गर्ने क्रममा बिहान करिब १० बजे एक्कासी अगाडिको चक्का जाम (विल लक) भएपछि यात्रुहरुमा खैलाबैला मच्चिएको थियो । प्राविधिक समस्या देखिएको जहाजको समस्या समाधान गरी निर्धारित समयभन्दा करिब ३५ मिनेट ढिला गरी काठमाण्डाै फर्किएको नेपाल एअरलाइन्सले जनाएको छ ।
चालक दलका ३ सदस्यसहित १७ जना यात्रु लिएर काठमाण्डौ फर्किन लागेको जहाजमा खराबी आएपछि करिब २५ मिनेट होल्ड गरिएको थियो । जिल्ला प्रहरी कार्यालय निरीक्षणका लागि ओखलढुङ्गा हुँदै सोलुखुम्बु आइपुगेका नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंह पनि त्यही जहाजमार्फत् काठमाण्डौ फर्किन लाग्नुभएकाे थियाे।
जहाज अवतरण हुन नपाइ समस्या देखिएपछि आईजीपी सिंह सिम्रिक एअरको हेलिकप्टरमार्फत् लुक्ला प्रस्थान गर्नुभएकाे थियाे । आईजीपी सिंहसहित ३ जना हेलिकप्टरबाट फर्किएपछि चालक दलका ३ सहित १४ जना यात्रु लिएर जहाज अहिले काठमाण्डौ फर्किसकेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।