सामाजिक सुरक्षा कार्यान्वयनमा सरकारको सहयात्री बन्छौँ : एनआरएनए

 पुष ७, २०७९ बिहीबार ११:५७:५ | रासस
unn.prixa.net

काठमाण्डाै – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सरकारको प्रयासको प्रशंसा गरेको छ ।

सङ्घका उपाध्यक्ष एवं वैदेशिक रोजगार विभागका प्रमुख डिबी क्षेत्रीले हिजाे एक वक्तव्य जारी गर्दैै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गरी अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकसमक्ष पुर्‍‍याइएकामा आभार प्रकट गर्नुभएको छ ।

वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक पनि सामाजिक सुरक्षा योजनामा औपचारिकरुपमा जोडिने बाटो खुलेको जनाउँदै उहाँले गैरआवासीय नेपालीका लागि यो गौरवको विषय भएको उल्लेख गर्नुभयो । नेपालमा सामाजिक सुरक्षाकोषको स्थापना हुनुअघिदेखि नै सङ्घले विदेशमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा समेट्नुपर्छ भनेर वकालत गर्दै आएको उहाँले बताउनुभयो । 

“सङ्घले जिम्मै लिएर सरकारसँग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो”, उपाध्यक्ष क्षेत्रीले भन्नुभयो, “विशेष गरी भारतसहित, मध्यपूर्वलगायत श्रम बजारमा रहेका रहेका नेपाली श्रमिकको आवाजको प्रतिनिधित्व सङ्घले गरेको थियो । एक दशकभन्दा बढी समयपछि त्यो छलफल र सङ्घको पहलले मूर्तरुप लिएको छ ।”

आगामी दिनमा नेपाल सरकारसँग सहकार्य र समन्वय गरी यस योजनाको प्रचारप्रसार र कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सामाजिक सुरक्षालाई सबै श्रमिकसमक्ष पुर्‍याउन सरकारको सहयात्रीका सङ्घले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “गैरआवासीय नेपालीका लागि एउटा उपलब्धिको दिन र समग्र नेपाली आप्रवासीका लागि नयाँ अध्ययनको सुरुआत पनि हो”, उहाँले भन्नुभयो, “यस कार्यलाई सफल बनाउन भूमिका खेल्ने सबैमा सङ्घ धन्यवाद दिन चाहन्छ ।”

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया