शिक्षक हत्या  प्रकरण : आरोपित २ जना सार्वजनिक

 पुष ७, २०७९ बिहीबार १९:५५:४२ | रासस
unn.prixa.net

बैतडी – बैतडीको पाटन नगरपालिका ६ काे श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ । आज बिहीवार जिल्ला प्रहरी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पुर्चौडी नगरपालिका ३ का प्रजा बोहरा र उनकी श्रीमती विमलालाई सार्वजनिक गरेको हो ।

सुर्नया गाउँपालिका २ घर भएका ५५ वर्षीय शिक्षक पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृत भेटिएका थिए । प्रहरीले सार्वजनिक गरेका श्रीमान्–श्रीमतीले आफूहरूले हत्या गरेको स्वीकारेका बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

विष्टको मृत्यु भएपछि शवलाई लुकाउन प्रजा र विमला दुवैले बोकेर नजिकैको केत्तुकेको झारीमा फालेका थिए । दुवै जनाविरुद्ध बैतडी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थपेर अनुसन्धान कार्य जारी रहेको बैतडीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो । 

यसअघि हत्यामा संलग्नको सार्वजनिक गर्नुपर्ने माग गर्दै विभिन्न आन्दोलन तथा शव नबुझेका आफन्तले आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्दै शव पनि बुझेका छन् ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया