सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

 पुष २५, २०७९ सोमबार १३:५२:४६ | रासस
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ । 

सिंहदरबारमा संसदीय दलको कार्यालयमा आज साेमवार बसेको बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को नेतृत्वमा यही पुस १० गते नयाँ सरकार गठन भएको छ । सरकारले भाेलि मङ्गलवार विश्वासको मत लिँदैछ । सरकार गठनको क्रममा एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । 

माओवादी केन्द्रको संसदीय दलको आजको बैठकमा राष्ट्रिय सभातर्फका दलका नेता एवम् उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सांसदले निर्वाह गर्नुपर्ने समग्र भूमिकामा बारेमा दिशानिर्देश गर्नुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो । 

बैठकमा दलका नेता एवम् प्रधानमन्त्री प्रचण्डले सबै सांसदलाई व्यक्तिगतरूपमा पनि सरकारको पक्षमा विश्वासको मत दिने वातावरण बनाउन र अन्य दलका सांसदसँग पनि छलफल गर्न आग्रह गर्नुभएको पाण्डेले बताउनुभयो । 

बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार गठनको क्रममा समर्थन गर्ने दल र सांसदका साथै नेपाली कांग्रेसलगायतका अन्य दल तथा सांसदसँग पनि छलफल भएको जानकारी गराउनुभएको थियो । 

बैठकमा प्रतिनिधि सभाको बैठकमा सांसदले निर्वाह गर्ने भूमिकालाई रचनात्मक र जनपक्षीय बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया