विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो

 माघ २, २०७९ सोमबार १४:१२:१ | रासस
unn.prixa.net

विमान दुर्घटना भएकाे क्षेत्र

काठमाण्डाै – पोखरामा आइतवार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनाको सत्य/तथ्य पत्ता लगाउन गठित 'विमान दुर्घटना जाँच आयोग' ले काम सुरु गरेको छ ।

जाँच आयोगले आज साेमवारदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार विमानको 'ब्ल्याक बक्स' आज बिहान भेटिएको छ । 'ब्ल्याक बक्स' आयोगलाई बुझाइसकिएको छ । 'ब्ल्याक बक्स' विमान दुर्घटनाकाे कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ । 'ब्ल्याक बक्स' मा 'फ्लाइट राडर रेकर्ड' र 'ककपिट भ्वाइ रेकर्ड' हुन्छ ।

सरकारले आइतवार दुर्घटनामा परेको यति एअरलाइन्सको विमानको दुर्घटनाको सत्य/तथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहनुभएको छ । साथै सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाश प्राप्त उपरथी) र सुनिल थापा (अवकाश प्राप्त क्याप्टेन) तथा हवाई मर्मत इन्जिनियर एकराजजङ्ग थापा हुनुहुन्छ । आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ । 

दुर्घटनाकाे कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ ।

आयोगले दुर्घटनाकाे कारण पहिचान गर्नुका साथै आउँदा दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया