जापानमा नेपाल फेस्टिवलको रौनक
मंसिर १५, २०८१ शनिबार
धनुषा – जनकपुरका दुई युवककाे अपहरणपछि भारतमा हत्या भएको छ । करिब १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । मृतक दुवै जना एकै पारिवारिका हुन् ।
मृतक दुवै भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो एक नातेदारको घरमा गएका थिए । अपहरणपछि गएको सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको माग गरेर भारतीय नम्बरबाट फोन आइरहेको थियो । सुरुमा २० लाख रुपैयाँ मागेका अपहरणकारीले विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर आफन्तलाई सुनाउने गरेका थिए । विष्णुको परिवार अपहरणकारीलाई २० लाख रुपैयाँ दिन राजी भएका थिए ।
त्यसपछि अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाही मलङ्गवा नाकामा आउन भनेका थिए । विष्णुका परिवारले त्यो कुरा प्रहरीलाई जानकारीसमेत गराएका थिए । तर गएको मङ्गलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो । भारतीय प्रहरीले त्यसै क्षेत्रमा दुई वटा शव भेटेपछि आज बिहान मृतकका आफन्तलाई खबर गरेको हाे।
मृतक दुवै जनाको परिवार यसअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ मा बस्दै आए पनि अंशबण्डापछि अलग-अलग बस्दै आएका थिए । मृतक विष्णु र रोहितका बाजे नातामा दाजुभाइ हुन्। उनीहरुको शव अहिले भारतको बेला परिहार पर्साको प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।