गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे मुद्दामा सुनुवाइ सकियो

 माघ १३, २०७९ शुक्रबार १३:३७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामाथिको अन्तिम सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो । यो मुद्दामा निर्णय आजै सुनाउने कि पछि सार्ने भन्ने इजलासले तय गरेको छैन ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिह्नाको संवैधानिक इजलासमा आज लामिछाने पक्षका वकिलहरु वरिष्ठ अधिवक्ता नरेन्द्र गौतम लगायतले बहस सकेपछि निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र रमण कर्णले जवाफी बहस गर्नुभयो ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले नेपाली नागरिकता नलिइ राजनीतिक दल खोलेको, प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गरी सांसद बनेको भन्दै सांसद पद खारेजीको माग गर्दै लामिछाने विरुद्ध रिट दायर गरेका थिए ।

लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गएको मंसिर २८ गते रिट परेको थियो । तर पुस ६ गतेको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो । लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ ।  

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया