जापानमा नेपाल फेस्टिवलको रौनक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ रिक्त भएको छ । यो क्षेत्रमा अब उपचुनाव हुने भएको छ । सर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक जानकारी आएपछि सरकारसँग परामर्श गरेर उपचुनावको प्रक्रिया सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।
उपचुनाव कहिलेसम्म गर्ने भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था छैन । गएको मंसिर ४ गते भएको चुनावमा चितवन क्षेत्र नं २ बाट लामिछाने विजयी हुनुभएको थियो । उहाँले एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गर्नुभएको थियो । चितवन २ मा हुने उपचुनावको लागि उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा पनि चर्चा सुरु हुन थालेको छ । कतिपयले रवि लामिछाने फेरि उपचुनावबाट निर्वाचित भएर आउने आकलन गरेका छन् ।
सत्तारुढ दलभित्र मिलेर उम्मेदवारी दिने कि मित्रवत प्रतिस्पर्धा गर्ने भन्ने विषयमा अनौपचारिक छलफल सुरु भएको छ । लामिछानेले चुनावका समयमा प्रयोग गरेको नागरिकतालाई सर्वोच्चले मान्यता नदिएपछि उहाँको सांसद पद गुमेको हो ।
सर्वोच्चको आदेशलगत्तै लामिछानेले मन्त्रीबाट राजीनामा पनि दिइसक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।