मकवानपुरको मकवानपुरगढीका किसानलाई प्रति रोपनी दुई हजार रुप...
मंसिर १५, २०८१ शनिबार
माेरङ – नेपाली कांग्रेसका नेता एवम् सांसद शेखर कोइरालाले फागुन २८ गते अगाडि राष्ट्रपतिको चुनाव भैसक्नुपर्ने बताउनुभएको छ । विराटनगरमा प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशनमा सांसद कोइरालाले फागुन २८ गते अगाडि राष्ट्रपतिको चुनाव नभए देशमा संवैधानिक संकट आउने पनि दाबी गर्नुभयो ।
उहाँले देशका लागि संविधानभन्दा माथि नभइ, संविधान मातहत रहने राष्ट्रपति आवश्यक रहेको बताउनुभयो । यसअघि सदनबाट पारित भैसकेको नागरिकता विधेयक राष्ट्रपतिले संविधान विपरीत अल्झाएको भन्दै अब संविधानलाई स्वीकारेर अघि बढ्ने राष्ट्रपति चाहिने बताउनुभयो । उहाँले राष्ट्रपति पदमा कांग्रेसले उम्मेदवारी दिने पनि बताउनुभयो ।
यस्तै फरक प्रशंगमा नेता कोइरालाले रवि लामिछानेको घटनाले यो देशमा कानुनी राज्य छ भन्ने कुरा प्रमाणित भएको भन्दै त्यसबाट सबैले पाठ सिक्नु आवश्यक रहेको बताउनुभयो । रवि लामिछानेको मुद्धामा अदालतले गरेको फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको उहाँको भनाई छ । नेता कोइरालाले कांग्रेस जुनसुकै बेला सरकारमा जान सक्ने पनि बताउनुभयो ।
“राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बत्र सक्ने सम्भावना छ”, उहाँले भन्नुभयो । नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठीन अवस्थामा पुगेको उल्लेख गर्दै देश आर्थिकरुपमा कमजोर भएको बताउनुभयो । सातवटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय छ भन्दै उहाँले यसबारे सङ्घीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राख्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।