पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न नपाइने

 माघ १७, २०७९ मंगलबार ९:५०:३६ | रासस
unn.prixa.net

कास्की - पोखराका मुख्य बजारका सडक छेउमा गाडी पार्किङ गर्न निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमवार हिजाे एक सूचना जारी गर्दै बजारका मुख्य ठाउँमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो।

'महानगरपालिकाले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्युरोड, वीपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडक खण्डमा यही माघ २३ गते सोमवारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो । 

'मुख्य सहरी क्षेत्रको सडकमा गाडीको चाप वृद्धि भइ आवागमनमा समेत प्रत्यक्ष असर हुनुकासाथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा उल्लेखित ठाउँको सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गरिएको छ', पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भन्नुभयो ।

महानगरले ‘अन्डरग्राउण्ड’ पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती ठाउँमा पार्किङ गरेबापत महानगरले तोकेको शुल्कभन्दा बढी लिन नपाइने पनि सूचनामा उल्लेख छ । सूचनामा तोकिएको क्षेत्रहरूमा मात्र ‘पार्किङ’ व्यवस्थापन गर्न सम्पूर्ण सरोकारवालामा आग्रह गरेको छ । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया