रास्वपाकाे पछिल्लो पत्रकार सम्मेलन अर्को कार्यदिशामा हिँड्नका लागि 'टर्निङ प्वाइन्ट' हो : मनिष झा

 माघ २४, २०७९ मंगलबार १३:३१:११ | रासस
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले चुनावपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभएको छ । 

उहाँले चुनावपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन विश्राम नगरि निकै तीव्र गतिमा कार्यसम्पादन गरेको दलले निष्कर्ष निकालेको बताउनुभयो । 

नेता झाले भन्नुभयो, ‘पार्टी जहाँ छ, हामी जे अवस्थामा छौँ, त्योप्रति सबैको स्वीकारोक्ति छ, सबैले स्वामित्व लिएका छौँ । हामी सबै ठिक ठाउँमै छौँ ।’ पार्टी अध्यक्ष रवि लामिछानेले समसामयिक विषयमा दिनुभएको अभिव्यक्तिप्रति सबै सदस्यको ऐक्यबद्धता र पूर्ण समर्थन रहेको उहाँको भनाइ छ । सांसद झाले राजनीति, निजी क्षेत्र, नागरिक समाजले जस्तै मिडियाबाट पनि आफ्नो जिम्मेवारी र भूमिकाको आत्मसमीक्षा जरुरी भएको दलको धारणा रहेको बताउनुभयो ।

मिडियाले राष्ट्रियता, सार्वभौम, सुरक्षा, संविधान पालना गराउने जस्ता विषयमा अन्तरनिहित स्वार्थ स्वाभाविक भए पनि कुनै व्यक्ति र दल विशेषलाई निसाना बनाउन खोज्नुहुन्न भन्ने रास्वपाको मत रहेको उहाँले उल्लेख गर्नुभयो । 

अनुसन्धानकर्तासमेत रहनुभएका झाले कुराकानीका क्रममा भन्नुभयो, ‘सात महिनाको अवधिमा जुन क्षमता, दक्षता, रणनीति लिएर राष्ट्रिय दलको भूमिकामा पुगिएको छ, अबको गन्तव्य भनेको वाचापत्रमा लेखिएका विषय सङ्गठनलाई बलियो बनाएर कार्यन्वयनमा लगिनेछ ।’

युवा पुस्ताले राजनीतिक दललाई कसरी सञ्चालन गर्न सक्छन् भनी उदाहरण प्रस्तुत गर्ने अठोट व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘पछिल्लो पत्रकार सम्मेलन अर्को कार्यदिशामा हिँड्नका लागि टर्निङ प्वाइन्ट हो ।’

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया