विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा सरसफाइ अभियान
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ ।
हिजाे सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले याे निर्णय गरेको हो । आज मङ्गलवार मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले बाग्मती बाँध आयोजनाको काम अघि बढाउन काठमाण्डाैकाे गोकर्णेश्वर नगरपालिका १ मा रहेको १४ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने, भारतमा आयोजना हुने नेपाल–भारत विद्युत् व्यापार सम्झौताअन्तर्गतको संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको १० औँ बैठकमा भाग लिन ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने, सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने, २०७९ फागुन १ देखि ५ गतेसम्म हुने भारत भ्रमणका लागि रक्षा मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको बताउनुभयो ।
उहाँका अनुसार सरकारले सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यलाई हिमाल आरोहण गर्दा लाग्ने सलामे दस्तुरलाई छुट गर्ने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत १२ औँ तहका डा. दीपेन्द्ररमण सिंहलाई फागुन २९ देखि चैत २ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने फर्स्ट फेस टु फेस मिटिङमा सहभागी हुन स्वीकृति दिने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करलाई सङ्घीय मामिला मन्त्रालयमा र सङ्घीय मामिला मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत सरुवा गर्ने निर्णय गरेको छ ।
त्यस्तै सरकारले न्याय सेवा आयोगको सिफारिस बमोजिम महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाललाई राजपत्राङ्कित विशेष श्रेणीको नायब महान्यायाधिवक्ता पदमा बढुवा गरी महान्यायाधिवक्ताको कार्यालयमा पदस्थापन गर्ने, बढुवा समितिकै सिफारिस बमोजिम विभिन्न मन्त्रालयअन्तर्गतका विभिन्न सेवा समूह, उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका २३ जना अधिकृतलाई सम्बन्धित सेवा समूहका राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा त्यस सरहको पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्री शर्माले सिंहदरबारमा आज बसेको मन्त्रालयस्तरीय बैठकले सबै मन्त्रालयका कार्ययोजनालाई आउँदाे बजेटको केन्द्रविन्दुमा राखेर अघि बढ्ने कुरातर्फ प्रधानमन्त्रीले निर्देशन दिनुभएको पनि बताउनुभयो । उहाँले बैठकले राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रको बीचमा समन्वय गर्न मन्त्रालयस्तरीय बैठकको आवश्यक रहेको प्रधानमन्त्रीले बताउनुभएको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।