जापानमा नेपाल फेस्टिवलको रौनक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले आफूलाई संसद् ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको टिप्पणी गर्नुभएको छ ।
बुधवार काठमाण्डाैमा आयोजित 'अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल' विषयक विचार गोष्ठीमा बोल्दै नेता पाैडेलले आफू पहिलो पटक सङ्घीय संसदमा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद् हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भइरहेको बताउनुभएको हो । उहाँले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्कासमेत सांसदले राख्न नसकेको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभयो । संसदमा झुटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखी नेताहरूले बोल्ने गरेकोमा पनि उहाँले आपत्ति जनाउनुभयो ।
सांसद पौडेलले भन्नुभयो, ‘मलाई यो संसद् हो कि चुनावी सभा हो भनेर छुट्याउन गाह्रो भइरहेको छ । कुनै तथ्यमा आधारित भएर बोल्नु पर्दैन ? संसदमा झुटो बोल्नु हुँदैन, यसलाई खण्डन गरिनेछ, यसले मेरो व्यक्तित्वमा आँच आउनेछ भनेर साेच्नु पर्दैन ?’
नेता पौडेलले देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दाबी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।