मस्यौदा समिति बैठकमा सांसदहरूबीच चर्काचर्की

 माघ २७, २०७९ शुक्रबार १६:३८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको शुक्रवारको बैठकमा सांसदहरूबीच चर्काचर्कीकाे स्थिति उत्पन्न भएको छ । सांसदहरूले आफूहरू सांसद भएकाले संविधानको भन्दा बढी विशेषाधिकार चाहिने मानसिकतासहितको तर्क गर्न थालेपछि सदस्यहरूबीच चर्काचर्की परेकाे हाे ।

सांसदहरू स्वयम् नियममा बाँधिने विषयमा राखिने प्रावधानका सम्बन्धमा एक मत नभएपछि सदस्यहरूबीच भनाभनको स्थिति उत्पन्न भएको हो । फौजदारी अभियोगमा पक्राउ परेर मुद्दाको अन्तिम किनारा नलागेसम्मका विभिन्न चरणमा सांसदको पद र सुविधा के कस्तो हुने भन्ने सम्बन्धमा गरिने व्यवस्थाका बारेमा समिति सदस्यहरूबीच मत भिन्नता देखिएको थियो ।

यसै क्रममा छलफलबाट प्राप्त निष्कर्ष सुनाउन लाग्दा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सचिवालयका कर्मचारीले छलफलमा हस्तक्षेप गरेको भन्दै आक्रोश पोख्नुभयो । यसअघि बैठकमा न्यायलयको निर्णयमा विश्वास नरहेको भन्दै सांसदलाई नियममा बाँध्ने विषयमा असहमति जनाउँदै आएका सांसद सिंहले त्यसको सबै रिस प्रवक्ता गिरीमाथि खन्याउँदै ‘तपाईँ एमालेको कार्यकर्ता हो, सुवासचन्द्र नेम्वाङसँग मात्रै खुसुखुसु गर्नुहुन्छ’ भनेपछि बैठक कक्षको वातावरण खलबलिएको थियो ।

सांसद अमरेशकुमार सिंहले समिति सदस्य एवम् संविधान सभाका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई ‘गिरिस चन्द्रलालको रिपोर्ट किन सार्वजनिक गर्नुभएन’ भनी प्रश्न गरेपछि अर्का सदस्य महेश बर्तौलाले बैठकमा नियमापत्ति गर्नुभएको थियो । 

बैठकको बहस विषय वस्तुभन्दा बाहिर जान थालेपछि सभापति चित्रबहादुर केसीले विषय केन्द्रित हुन निर्देशन दिनुपरेको थियो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया