विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा सरसफाइ अभियान
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताउनुभएको छ ।
आइतवार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बाग्मती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले यो कुरा बताउनुभएको हो । बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘पार्टीको स्थायी समिति बैठकले दुई महिना सङ्गठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अब पार्टीका सबै नेता, कार्यकर्ता नागरिककोमा जानुछ । दुई महिना पार्टीका तल्ला कमिटीमा जान्छौँ, कार्यकर्ता र नागिरकसँग अन्तरक्रिया गर्छौँ । अहिले बेला भएको छैन, दुई महिने अभियानले हाम्रो अवस्था र कार्यकर्ता, नागरिकको आकाङ्क्षा पहिचान हुन्छ’, उहाँले भन्नुभयो, ‘त्यसको आधारमा केन्द्रीय समितिको पूर्ण बैठक बसेर पार्टीको व्यापक रूपान्तरण गर्छौँ ।’
आफूहरूले सरकारको नेतृत्व गरिरहेको र यो आफूहरूका लागि चुनौतीपूर्ण अवसर हो भन्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेका छौँ । सरकारले नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्छ । सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुनर्निर्माणको आधार तयार पार्नु पनि हो। तपाईँहरू पनि यसलाई केन्द्रमा राखेर काम गर्नुहोला ।’
विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको भन्दै उहाँले भन्नुभयो, ‘विश्वासको मतअघि एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो । सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्नुछ । हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ। त्यस कारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।