सङ्घीयता कसैले दिएको भिख होइन : मुख्यमन्त्री यादव

 फागुन १, २०७९ सोमबार १६:०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको सङ्घीयता कसैले दिएको भिख नभएको बताउनुभएको छ । सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले अहिलेको सङ्घीयता आम नागरिकले लडेर ल्याएको बताउनुभयो ।

मुख्यमन्त्री यादवले पालिका चुनाव जितेका तथा प्रदेश र प्रतिनिधि सभामा चुनाव जितेका केही सांसदले सङ्घीयता चाहिँदैन भनिरहेको भन्दै सङ्घीयता उनीहरू कसैले दिएको भिख नभएको जिकिर गर्नुभयो । उहाँले मधेसका नागरिक रहेसम्म सङ्घीयता रहिरहने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पालिका चुनावबाट आएका केही व्यक्ति तथा प्रदेश र प्रतिनिधि सभाबाट नयाँ आएका केही पार्टीका नेताहरू काठमाण्डाैमा बसेर सङ्घीयता चाहिँदैन भनिरहेका छन्, म उहाँहरूलाई यहीँबाट खबरदारी गर्न चाहन्छु– यो उनीहरूले दिएको भिख होइन । हजारौँ बलिदानपछि आएको सङ्घीयता हो । जबसम्म मधेस प्रदेशका नागरिक रहन्छन् तबसम्म यो देशमा सङ्घीयता रहन्छ । सङ्घीयता जानेवाला छैन ।’ 

मुख्यमन्त्री यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इमानदारका साथ प्रहरी समायोजन र निजामती ऐन लगायतका कानुनहरू पास गर्नेमा विश्वस्त रहेको बताउनुभयो । 

जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले पाँच सय ४० जना शहीद परिवारलाई एक लाख रुपैयाँका दरले रकम हस्तान्तरण गरेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया