रास्वपा बैठक सुरु, चितवन २ मा काे उम्मेदवार उठाउने भन्नेबारे छलफल हुने

 फागुन १, २०७९ सोमबार १६:२८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरेअघि सुरु भएको हो ।

बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्नेबारेमा छलफल गर्नेछ । यस क्षेत्रमा आउँदाे वैशाख १० गते उपचुनाव हुँदैछ । यस्तै बैठकमा समसामयिक राजनीति र सङ्गठन विस्तारबारे छलफल हुने पनि बताइएको छ । 

रास्वपा रवि लामिछानेको नागरिकता विवादसँगै उपप्रधानसहित गृह मन्त्रालय गुमाएपछि सरकारबाट बाहिरिएको थियो । यद्यपि रास्वपाले सरकारलाई समर्थन भने जारी राखेको छ । 

आजको बैठकमा सत्तारूढ दलहरूले सरकारमा सहभागी हुन आह्वान गरेकाले यस विषयमा पनि छलफल गर्ने बताइएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया